सर्लाहीमा फर्सी टिप्न गएकी महिलाको सर्पदंशबाट मृत्यु

२०८२ असार ८, आईतवार २१:१४

लालबन्दी – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा आइतबार बिहान करेसाबारीमा फर्सीको मुन्टा टिप्न गएकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ।

गोमन जातको विषालु सर्पले डसेपछि गम्भीर भएकी ३६ वर्षीया मुना राईको उपचारका क्रममा मृत्यु भएको हो। सर्पले डसेपछि उनलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो।

केन्द्रमा १० भाइल एन्टीस्नेक भेनम चलाएर जनकपुर रेफर गरिए पनि त्यहाँ पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए। परिवारका अनुसार आइतबार बिहान करिब ६ बजे सर्पले डसेकी राईलाई अटो खोज्दा नपाइएपछि अन्ततः मोटरसाइकलमा राखेर केन्द्र पुर्याइएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार