सर्लाही – इलामको रोङ गाउँपालिका–३ स्थित पाथलेडाँडामा गएसाझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा जाजरकोटकि एकसहित दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको छ। दुर्घटनामा उनीहरु गम्भीर घाईते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो।
दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।





