सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

२०८२ असार ११, बुधबार ०९:१५

सर्लाही – रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा जिल्लाको चन्द्रपुर-१० स्थित बिनुवा टोलका जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति पौने ८ बजेको समयमा ती बालबालिका एकाएक हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेका थिए । बालबालिकाको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिएपनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका थिए।

मृतक बालबालिकाको शव अहिले पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार