सर्लाही – विदेश पठाउँछु भनेर ठगेको आरोपमा सर्लाहीका एक जना काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–४ घर भएर कागेश्वरी मनोहरा बस्ने लछुमन साह तेली रहेका छन्।
तेलीले ३ जना पीडितबाट ६ लाख रुपैयाँ असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको छ।






