लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडक खण्डमा बुधबार साँझ टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। जिल्लाको कबिलासी नगरपालिका–८ अगर्वाका २० वर्षीय सचिन साहको सोमबार राति नै उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।
साँझ ८ बजेतिर जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ ख ५०१ नम्बरको टिपरले साइकलमा सवार साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पतालमा पुर्याउन बितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए। प्रत्यक्षदर्शिका अनुसार तिब्र गतिमा रहेको टिपरले साईकललाई ठक्कर दिएको थियो। उनि लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए।
बुधबार साँझ लालबन्दी बजारबाट पसलका लागि सरसामग्री किनेर साइकलमा घरतर्फ लैजाँदै गरेको क्रममा टिपरले उनलाई ठक्कर दिएको थियो। दुर्घटनापछि टिपरका चालक फरार रहेको र उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यो पनि पढ्नुहोस:
– सर्लाहीमा ट्रिपरको ठक्करबाट युवक गम्भीर घाइते, आक्रोशित स्थानीयद्वारा ट्रिपरमा आगजनी





