सर्लाहि – पर्साको परवानीपुरबाट ३१९ किलो चरेससहित ट्रक चालक पक्राउ परेका छन्। ठुलो परिमाणको चरेससहितको उक्त ट्रक सुक्खा बन्दरगाह हुँदै भारत पठाउने तयारीमा रहेको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा लुकाइछिपाइ राखिएको चरेस बुधबार राति बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा यो लागुऔषध भारत तर्फ तस्करी गर्ने नियत देखिएको उनले बताए।

ट्रक चलाउँदै गरेका मकवानपुरको थाहा नगरपालिका–१२ का ४५ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट १ लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको छ। प्रहरीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेका चालक र बरामद चरेस सार्वजनिक गर्ने तयारी गरेको छ।





