गोडैता – सर्लाहीको गोडैता नगरपालिका – ५, रामबनमा तिन जना सवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तिन जना घाईते भएका छन्।
आज अपराह्न गोडैता नगरपालिका – ५ स्थित मधुवनी नयारोड सडकखण्ड अन्तर्गत गोडैता नगरपालिका – ५, रामबनमा तिन जना सवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा गोडैता नगरपालिका – ६, बगदहका अन्दाजी २१ बर्षिय उमेश राउत, बसबरिया गाउँपालिका – ३, का अन्दाजी २९ बर्षिय राजु यादव, सोहि ठाउँकै अरविन्द कापर घाईते भएको प्रहरीले जनाएको छ।
घाईतेहरुलाई उपचारका लागि बलरा नगरपालिकास्थित डुमरियामा लगिएको छ। घाईते मध्ये उमेशको अवस्था गम्भीर रहेको छ। मोटरसाईकलको नम्बर खुल्न नसकेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ।





