एसईई नतिजा आजै प्रकाशित हुने

२०८२ असार १३, शुक्रबार १०:१५

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी पूरा गर्दैछ। बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक पक्ष मिलाउने काम अन्तिम चरणमा पुगेको र सबै कुरा ठिक भएमा आजै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्।

“केही प्राविधिक विषयहरू मिलाउन बाँकी छन्। त्यो मिल्नासाथ बोर्ड बैठक बसेर नतिजा प्रकाशित हुनेछ,” अध्यक्ष शर्माले बताए, “हामी आवश्यक प्रक्रिया अघि बढाइरहेका छौं।” उनले आफू कार्यालय पुगिसकेको र बोर्डका अन्य सदस्यहरूलाई बैठकका लागि खबर गरिसकेको जानकारी पनि दिए।

२०७८ सालको एसईई परीक्षा गत चैत ७ गतेदेखि सुरु भएको थियो। यसपटक नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका छन्। बोर्डका अनुसार आवश्यक सबै तयारी पूरा भएमा आजै नतिजा हेर्न सकिनेछ, अन्यथा भोलिसम्म अनिवार्यरूपमा सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार