एसईईको नतिजा सार्वजनिक

२०८२ असार १३, शुक्रबार १९:४८

सर्लाही – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

एसईईकाे रिजल्ट कसरी हेर्ने ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुनै लागेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ । एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार