महोत्तरीका दाजुभाइ पेस्तोल सहित काठमाडौँमा पक्राउ

२०८२ असार १६, सोमबार १७:३०

सर्लाही – महोत्तरीका दाजुभाइ पेस्तोल सहित काठमाडौँमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम छन् ।

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको हो।उनीहरुको साथबाट एकथान पेस्तोल, दुई थान म्यागजिन र एकथान वाकिटकी बरामद गरिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार