गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

२०८२ असार १६, सोमबार १९:०६

गोडैता – सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवको उपस्थितिमा घोषणा गरिएको हो ।

कार्यक्रममा गोडैता नगरपालिकाले सबै बालबालिकाहरूलाई निर्धारित तालिका अनुसार सम्पूर्ण खोप सेवा उपलब्ध गराई सकेको पुष्टि गर्दै भविष्यमा समेत यस अभियानलाई स्थायी बनाउँदै लैजाने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा बोल्ने अधिकांशहरुले यो उपलब्धि नगरका स्वास्थ्यकर्मी, स्वयंसेविका तथा जनताको सहकार्यको प्रतिफल भएको बताएका थिए। साथै अब हामीले खोप अभियानलाई अझ दिगो बनाउँदै अन्य सार्वजनिक स्वास्थ्य सेवा विस्तारमा लाग्ने बताएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार