सर्लाही – नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरिएको छ।
भारतबाट आयात हुने पेट्रोल र डिजेलको मूल्य क्रमशः प्रतिलिटर ७.६४ रुपैयाँ र ९.१३ रुपैयाँले बढेकाले आन्तरिक मूल्य समायोजन गरिएको निगमको भनाइ छ। नयाँ मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ।

.jpg)





