सर्लाही – सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१, बुढियाचापमा एक पुरुषको रहस्यमय अवस्थामा मृत्यु भएपछि प्रहरीले मृतककी श्रीमतीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेका थिए। उनको शव छिमेकीको खेत नजिकै रहेको आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

महराको मृत्युलाई लिएर रहस्य अझै बाकी रहेका कारण घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न शंका गरिएका दुई जनालाई पक्राउ गरिएको छ, जसमा मृतककी श्रीमती र अर्का एक युवक रहेका छन्।
घटनाको यथार्थ पत्ता लगाउन मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डिएसपी पासवानले जानकारी दिए। परीक्षण प्रतिवेदनपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ। स्थानीय बासिन्दाबीच समेत यो घटना रहस्यमय र चकित बनाउने खालको रहेको बताइएको छ।
यो पनि पढ्नुहोस:
– सिरहामा एक युवक मृत फेला, हत्याको आशंका





