खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८२ असार १९, बिहीबार १४:१६
सांकेतिक तस्बिर

सर्लाही – रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। स्थानीय ३० वर्षीय रोहित साह सोनार बिहान करिब ७ः१५ बजे आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्टले लागेर गम्भीर घाइते भएका थिए।

तत्कालै घटना जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। घाइते रोहितलाई उपचारका लागि बारा स्थित प्रादेशिक अस्पताल, कलैया लगिएको थियो।

तर, उपचारको क्रममा बिहान ८ः०० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। मृतकको शव हाल अस्पतालमै राखिएको छ। घटनास्थल सन्तपुर दोस्तिया प्रहरी कार्यालयदेखि करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार