सर्लाही – नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको विजेता टिम जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि सात खेलाडीलाई रिटेन गर्दै बलियो टिम निर्माणको संकेत दिएको छ।
टिमले सार्वजनिक गरेको सूचीअनुसार आसिफ शेख, अनिल साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसकार, र तुल बी थापा मगर आगामी सिजनमा पनि जनकपुरकै तर्फबाट मैदानमा देखिनेछन्।

सामाजिक सञ्जालमार्फत टिमले फोटोसहित खेलाडीहरूको रिटेन सूची सार्वजनिक गरेको हो। यससँगै टिमले आगामी संस्करणमा पनि पुरानै लय र लचकता कायम राख्ने रणनीति लिएको प्रष्ट भएको छ।
दोस्रो संस्करण नजिकिँदै गर्दा NPL का विभिन्न टिमहरूले तयारीलाई तीव्र बनाइरहेका छन्। खेलाडी छनोटदेखि अभ्यास तालिका र रणनीतिक योजनामा टिमहरू जुटिसकेका छन्।






