सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किने क्रममा म्याड्रिडबाट कतारको दोहा हुँदै आज काठमाडौं आइपुग्ने भएका छन्।
असार १४ गते ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेन गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यस्तै, सम्मेलनमा नेपालको तर्फबाट औपचारिक सम्बोधन पनि गरेका थिए।

भ्रमण अवधिमा उनले त्यहाँस्थित नेपाली समुदायसँग भेटघाट गर्नुका साथै स्पेनिस उद्योगी तथा व्यवसायीसँग पनि अन्तर्क्रिया गरेका थिए। साथै, प्रधानमन्त्री ओलीले अन्य उच्चस्तरीय द्विपक्षीय भेटघाटसमेत सम्पन्न गरेका छन्।
उक्त भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौं अवतरण गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।





