सर्लाहीका ‘जोगिन्दर’लाई राष्ट्रिय प्रतिभा पुरस्कार, मधेसका दुई कलाकार एकैपटक सम्मानित हुँदै

२०८२ असार २०, शुक्रबार १३:११

सर्लाही – सर्लाहीका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’लाई नेपाल सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गर्ने भएको छ। हास्य अभिनयमार्फत लाखौं दर्शकको मन जित्न सफल रिजाल सर्लाहीको बरहथवा नगरपालिका–१५ निवासी हुन्।

उनीसँगै मधेस प्रदेशका अर्का चर्चित कलाकार रौतहट गौर नगरपालिका–५ का शीतल गिरी पनि यसपटक प्रदेशतर्फको राष्ट्रिय प्रतिभा पुरस्कारका सम्मानित बन्ने भएका छन्।

सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको विभिन्न विधामा प्रदान गरिने पुरस्कारको नाम सार्वजनिक गर्दै यी दुई कलाकारको योगदानको कदर गरिएको हो। हास्य, नृत्य, अभिनय, संगीतलगायतका विधामा लामो समयदेखि समर्पित कलाकारहरूलाई हौसला दिन मन्त्रालयले प्रत्येक वर्ष यो पुरस्कार वितरण गर्दै आएको छ।

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको पुरस्कारको सूची:

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार