सर्लाही – सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कामाथि फोनमा गालीगलौज गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
जसपा अध्यक्ष अशोक राई नेतृत्वको पार्टीका नेता यादवले एसपी खड्कालाई फोनमार्फत अपशब्द बोलेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले राजनीतिक तातो ल्याएको छ। सार्वजनिक अडियोमा उनीहरु दुबैले एक अर्कामाथि गालि गलोज गरिरहेको सुनिन्छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतमा निवेदन दिएपछि पक्राउ आदेश जारी गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।
विवादास्पद अडियो क्लिप सार्वजनिक भएसँगै यादवप्रति आलोचना चुलिएको छ। कानून विपरीत गालीगलौज गर्ने कार्यलाई लिएर प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको छ भने यादव हालसम्म फरार छन्। प्रहरी स्रोतका अनुसार, उनीमाथि थप अनुसन्धानका लागि खोजी कार्य तीव्र पारिएको छ।
यो पनि पढ्नुहोस:
– पूर्व सांसद र प्रहरी आमनेसामने: पक्राउ गर्न गएका प्रहरीमाथि गाउँलेको हमला, गाडी तोडफोड





