सर्लाही – नेपालले उत्कृष्ट प्रदर्शन गर्दै एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेको छ। फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपाली टोलीले गौरवमय जित हासिल गर्यो।
सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सफल भयो। रोहण अस्टिन अरुणले सर्वाधिक २३ रन बनाएका थिए भने कप्तान रियान नायकले १५ रनमा योगदान दिए। त्यस्तै, आकास तेजा र भेदांश गुप्ताले क्रमशः १० र १२ रन जोडे।

नेपालले दिएको ११४ रनको लक्ष्य २९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ, अभय यादव र सुशील बहादुर रावलले ३-३ विकेट लिए भने कप्तान शुभम खनालले २ र विपिन शर्माले १ विकेट निकाल्दै जित सुनिश्चित गरे।





