सर्लाही – सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले परालको भुसभित्र लुकाइएका ठूलो परिमाणका काजु बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे मदनपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा काजु फेला पारेको हो। काजुहरू ट्रकको लोड भित्र परालले छोपेर लुकाइएका थिए।

बरामद काजुको तौल र मूल्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले सो ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ।
हाल ट्रक, काजु र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।





