प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने, विदेश भ्रमणको प्रतिवेदन आज सार्वजनिक हुने

२०८२ असार २३, सोमबार ०८:४२
File image

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे तय भएको सम्बोधनमा उनले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणसहित समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्ने जनाइएको छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले स्पेनको ६ दिने औपचारिक भ्रमणका उपलब्धि र अनुभव संसदमा प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री ओली शुक्रबार मात्र विदेश भ्रमण सकेर स्वदेश फर्किएका थिए।

प्रधानमन्त्रीको यो सम्बोधनलाई विपक्षी दलहरूले चासोका साथ हेरिरहेका छन् भने सत्ता पक्षले ‘उपलब्धिमूलक भ्रमण’ को निष्कर्ष सार्वजनिक हुने दाबी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार