पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

२०८२ असार २३, सोमबार १७:५१

सर्लाही – सप्तरीमा पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोलका सुभाष चौधरीको छोरा ३ वर्षीय जेनिसको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको हो।

प्रहरीका अनुसार पोखरीमा डुबेर अशक्त भएका उनलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लगिएको थियो। सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार