जनकपुरमा रेलको ठक्करबाट एक जना पुरुषको मृत्यु

२०८२ असार २३, सोमबार १८:११
सांकेतिक तस्बिर

सर्लाही – जनकपुरबाट जयनगरतर्फ गइरहेको यात्रुबाहक रेलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका–२, सिनरजोडाका ४५ वर्षीय विनोद साह रहेका छन्।

प्रहरीका अनुसार आज दिउँसो करिब १२:३० बजे जिल्लाको औरही गाउँपालिका–२ स्थित देउरी प्रवाहामा रहेको रेलको लिक पार गर्ने क्रममा साहलाई जनकपुर–जयनगर रेलले ठक्कर दिएको हो।

घटनास्थलमै गम्भीर चोट लागेका साहलाई उद्दार गरी प्रादेशिक अस्पताल जनकपुरमा पुर्याउन बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। हाल उनकाे शव अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार