सर्लाही – सर्लाहीमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पर्सा गाउँपालिका-६ पर्सा टोल बस्ने ३० वर्षीय हरिन्द्र पासवान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बेलुकी लालबन्दी नगरपालिका-३ स्थित सडकमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको उनि सवार बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा उनि गम्भीर घाईते भएका थिए। उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम धनुषामा लगिएको थियो।
उनको सोहि अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





