सर्लाहीमा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

२०८२ असार २६, बिहीबार २१:४४

सर्लाही – सर्लाहीमा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका – २, का ३६ वर्षीय ईन्द्रजित प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार उनि सवार भई भारतबाट नेपाल तर्फ आउँदै गरेको बीआर ३० के ४००९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा आज मलंगवा नगरपालिका–८ सीमा ईलाकाबाट उक्त स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो।

उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार