सर्लाही – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेका नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ।
असार २१ गते मलेसियामा सम्पन्न फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै नेपाल विजयी बनेपछि क्यानले टिमको योगदानलाई उच्च मूल्यांकन गर्दै सबै सदस्यलाई नगद प्रोत्साहन दिने घोषणा गरेको हो।

क्यानले जारी गरेको विज्ञप्तिमा उपाधि जितेर देशको नाम चम्काएका खेलाडी तथा अफिसियलको मनोबल बढाउन नगदसहित सम्मान गर्ने उल्लेख छ। क्यानका अनुसार पुरस्कार वितरण कार्यक्रम चाँडै तय गरिनेछ।





