सर्लाही – ठगीसम्बन्धी कसूर मुद्दामा जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले अदालतमा १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएका छन्। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा ललितपुर जिल्ला अदालतले असार २६ गते धरौटी माग गर्दै आदेश दिएको थियो।
सोही आदेशअनुसार यादवले त्यही दिन तोकिएको धरौटी रकम अदालतमा बुझाएका हुन्। अदालतसमक्ष यादवले लिखित प्रतिबद्धता जनाउँदै तोकिएको मितिमा नियमित रूपमा उपस्थित हुने वाचा गरेका छन्।

हाल उनी पार्टीको कोषाध्यक्ष पदबाट निलम्बनमा रहेका छन्। यसअघि ठगीसम्बन्धी आरोप लागेपछि पार्टीभित्र र बाहिर उनको भूमिकाबारे प्रश्न उठ्दै आएका थिए।





