टिकटक लाइभमा अभद्र गाली गर्ने धनुषाकी रोशनी पक्राउ

२०८२ असार २९, आईतवार २३:०२

सर्लाही – धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की एक युवतीलाई सामाजिक सञ्जाल टिकटक लाइभ मार्फत अभद्र गालीगलौज तथा अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले २० बर्षिया रोशनी खातुनलाई नियन्त्रणमा लिएको जनाएको छ। खातुनले सामाजिक सञ्जालमार्फत सार्वजनिकरूपमा अभद्र भाषा प्रयोग गर्दा अरु प्रयोगकर्तामा समेत नकारात्मक प्रभाव परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार