विद्युत प्राधिकरणको लापरवाही: पोलमा चढेर काम गरिरहेका कर्मचारीको करेन्ट लागेर मृत्यु

२०८२ असार ३०, सोमबार १५:२९

जाजरकोट – जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

नलगाड नगरपालिका–४ मा सोमबार विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा वडा नम्बर ७ का २८ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चन्द नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा सहयोगीका रूपमा कार्यरत थिए।

मर्मत कार्य भइरहेका बेला विद्युत् प्रवाह भएको र यही कारण चन्दलाई करेन्ट लागेको मृतकका आफन्तहरूको दाबी छ। उनीहरूले जानकारी नदिई लापरवाहीपूर्वक विद्युत् प्रवाह गरिएकाले घटना भएको बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार