रौतहटमा विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

२०८२ असार ३१, मंगलवार १९:४८

सर्लाही – रौतहटको मौलापुरमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

मौलापुर नगरपालिका–८, सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेलको आइतबार दिउँसो खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। धान रोपाइँका लागि आफ्नै खेतमा विद्युतीय मोटर सञ्चालन गरी पानी तान्ने क्रममा उनी करेन्टमा परेका थिए।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि मौलापुरस्थित शान्ति पोलिक्लिनिक लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार