गोडैतामा संघीय सरकारबाट प्राप्त ३७ लाख बजेट फ्रिज

२०८२ असार ३२, बुधबार ०९:०५

गोडैता – चालु आर्थिक वर्ष २०८१/०८२ मा सर्लाहीको गोडैता नगरपालिकाले संघीय सरकारबाट प्राप्त बजेटमध्ये ३७ लाख ५७ हजार ४६६ रुपैंया खर्च गर्न नसकेर फ्रिज भएको छ। नगरपालिकाले चालूतर्फ प्राप्त गरेको २१ करोड ७१ लाख ८५ हजार रुपैंयामध्ये २१ करोड ३४ लाख २७ हजार ५३४ रुपैंया मात्र खर्च गरेको छ।

संघीय सरकारबाट प्राप्त बजेटबाहेक गोडैता नगरपालिकाले प्रदेश सरकार, मालपोतलगायत राजस्व बाँडफाँड र अन्य आन्तरिक आम्दानीसमेत खर्च गरेको छ। तर, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को प्रावधानअनुसार असार महिनामा भुक्तानी गर्नुपर्ने खर्च कम्तीमा ७ दिनअघि नै सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

सोहीअनुसार असार २५ गते राति १२ बजेपछि सबै सरकारी भुक्तानी रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक पुष्प प्रसाद गुरागाईंले बताए। “नियमावली अनुसार समयमै खर्चको प्रक्रिया पूरा गर्न नसक्दा बजेट फ्रिज भएको हो,” गुरागाईंले भने, “यो रकम विकास निर्माण र सेवा प्रवाहमा उपयोग हुन सक्थ्यो, तर कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नहुँदा यस्तो अवस्था आयो।”

गोडैता नगरपालिकाको यो खर्च प्रक्रियाले स्थानीय विकासमा अवरोध पुगेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। बजेट फ्रिज हुँदा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा लगानी हुन नसकेको स्थानीयहरुको गुनासो छ।

सर्लाहीका पालिकाहरूकमा संघीय सरकारबाट प्राप्त बजेट खर्च र फ्रिज कसको कति ?

पालिका खर्च रकम (रु.) फिर्ता रकम (रु.) खर्चमा मुख्य समस्या
चक्रघट्टा गाउँपालिका १३ करोड ७९ लाख ८७ हजार ३१४ २ करोड १७ लाख ८२ हजार लेखापालमाथि मुद्दा परेपछि खर्च प्रभावित
पर्सा गाउँपालिका ८ करोड ३२ लाख २८ हजार १५१ १ करोड ८४ लाख ७५ हजार पूँजीगत बजेट पूर्ण रूपमा खर्च हुन सकेन
कविलासी नगरपालिका १७ करोड ३४ लाख ५० हजार २७१ १ करोड ५४ लाख ५७ हजार खर्च क्षमतामा कमी
चन्द्रनगर गाउँपालिका १३ करोड ७१ लाख १० हजार ७२० १ करोड ३८ लाख ५ हजार पूँजीगत खर्च अत्यन्त न्यून
ईश्वरपुर नगरपालिका २४ करोड ६० लाख ९८ हजार ७०७ १ करोड ३४ लाख ४४ हजार पूँजीगततर्फ मात्र ६ लाख खर्च
लालबन्दी नगरपालिका २९ करोड ४० लाख ५ हजार ६१३ १ करोड २९ लाख १ हजार दुवैतर्फ खर्चमा कमजोरी
कौडेना गाउँपालिका ११ करोड ९४ लाख ८४ हजार ४६४ १ करोड २३ लाख २९ हजार चालूतर्फ पनि खर्च न्यून
बागमती नगरपालिका २० करोड २ लाख ९९ हजार ८३९ १ करोड ९ लाख ८४ हजार पूँजीगत खर्च सीमित
हरिवन नगरपालिका २२ करोड ३६ लाख ४२ हजार २८ १ करोड ६ लाख ७८ हजार ७० लाख पूँजीगत बजेट मात्र खर्च
हरिपूर्वा नगरपालिका १३ करोड ७० लाख ४० हजार १०६ १ करोड २१ हजार चालू बजेट खर्चमा सीमितता
ब्रह्मपुरी गाउँपालिका १२ करोड ८९ लाख ४१ हजार ९० ९९ लाख ७ हजार खर्च दर मध्यम
बसबरिया गाउँपालिका ११ करोड २१ लाख ५६ हजार २६५ ८० लाख ९९ हजार पूँजीगत खर्च तथ्यांक अस्पष्ट
बरहथवा नगरपालिका २७ करोड ५५ लाख ६४ हजार ३२६ ७८ लाख ३८ हजार समग्रमा खर्च क्षमतामा कमी
विष्णु गाउँपालिका ११ करोड ३८ लाख ८४ हजार ६९२ ५० लाख ६३ हजार पूँजीगत बजेट पूरा खर्च गर्न सफल
गोडैता नगरपालिका २१ करोड ३४ लाख २७ हजार ५३४ ३७ लाख ५७ हजार चालू बजेट खर्चमा अग्रसर
मलंगवा नगरपालिका १६ करोड २८ लाख ९९ हजार ११४ २४ लाख ३१ हजार खर्चको सन्तोषजनक प्रयास
धनकौल गाउँपालिका ९ करोड २४ लाख ७६ हजार ६६१ २९ लाख ३३ हजार सामान्य खर्च क्षमता
हरिपुर नगरपालिका १४ करोड ६१ लाख १७ हजार ७०८ १९ लाख ९६ हजार न्यून फिर्ता दर
रामनगर गाउँपालिका ११ करोड ९ लाख ८ हजार ३४१ १३ लाख ३३ हजार खर्च क्षमता राम्रै
बलरा नगरपालिका १७ करोड ३८ लाख ४७ हजार ३० ४ लाख ६० हजार सबैभन्दा कम फिर्ता, उत्कृष्ट खर्च

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार