सर्लाही – सर्लाहीमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।

खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





