कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको फन्दामा

२०८२ असार ३२, बुधबार १५:०३

सर्लाही – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

बुधबार उनको कार्यालयबाटै अख्तियारको विशेष टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार, मेयर साहले उपभोक्ता समितिसँग गैरकानुनी रूपमा रकम असुल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

‘हामीले उनलाई ठ्याक्कै घुस लिँदालिँदै समातेका छौं,’ अख्तियारका एक अधिकारीले बताए। ‘अहिले नगरपालिकामा थप अनुसन्धान भइरहेको छ।’ साह २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट मेयरमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार