मधेस प्रदेश सभाको अधिवेशन अन्त्य

२०८२ असार ३२, बुधबार १८:४०

सर्लाही – मधेस प्रदेशको पाँचौं प्रदेश सभा अधिवेशन बुधबार मध्यरातिबाट औपचारिक रूपमा सम्पन्न भएको छ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १८३ को उपधारा (२) अनुसार अधिवेशन अन्त्यको घोषणा गरेकी हुन्। यसअनुसार अधिवेशन असार ३२ गते राति १२ बजेदेखि अन्त्य भएको मानिनेछ।

यो अधिवेशन जेठ २१ गतेदेखि सुरु भएको थियो। प्रदेश सभाको यो चरणमा विभिन्न विधेयकहरू पेश र छलफल गरिनुका साथै नीति तथा कार्यक्रममाथि व्यापक बहसहरू भएका थिए।

press bigyapti

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार