जनकपुर — यूएईको जेलमा सजाय भोगिरहेका १२० नेपाली नागरिकले स्वतन्त्रताको सास फेर्न पाएका छन्।
यूएई सरकारले इस्लाम धर्मको पवित्र पर्व ईद अल-अदहाको अवसरमा उनीहरूलाई आममाफी प्रदान गरेको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार, विभिन्न अभियोगमा जेलमा रहेका यी नेपालीहरूको बाँकी सजाय माफी गरिएको छ।

दूतावासले यो मानवीय कदमका लागि यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यो निर्णयले नेपाली नागरिक र तिनका परिवारमा खुसीको लहर ल्याएको छ।





