मलंगवा – सर्लाहीको बलरा नगरपालिका – ८, गडहियामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्दै आएको मदरसा विद्यालयमा आज विशेष कार्यक्रमका बीच झोला वितरण गरिएको छ।
शिक्षा क्षेत्रमा सकारात्मक पहल गर्दै आउनु भएका बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले उक्त मदरसामा अध्ययनरत ७४ जना छात्रछात्रालाई झोला वितरण गर्नुभएको हो।

कार्यक्रममा मेयर कुशवाहाले मुस्लिम समुदायका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउने सुनिश्चितता गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो। यस किसिमको सहयोगले बालबालिकामा आत्मविश्वास र सिकाइ प्रतिको रुचि बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय अभिभावक तथा समुदायले मेयरको यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यस्तो सहयोगले आर्थिक अभावमा अध्ययन गरिरहेका बालबालिकालाई राहत मिलेको छ।





