सिम्रौनगढमा प्रहरी ज्यादती र भंसार पुनः सञ्चालनको मागसहित आन्दोलनमा उत्रिए ब्यापारी

२०८२ श्रावण २, शुक्रबार १२:३१

सिम्रौनगढ, बारा – बारामा प्रहरीको ज्यादतीविरुद्ध र सिम्रौनगढस्थित छोटी भंसार कार्यालय पुनःसञ्चालनको माग गर्दै सिम्रौनगढ बजारका ब्यापारीहरू शुक्रबार आन्दोलनमा उत्रिएका छन्। ब्यापारी र कृषकहरूले संयुक्त रूपमा पावर हाउस चौकमा टायर बाल्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले भारतबाट मलखाद ल्याउनसमेत प्रहरीले रोक लगाएको भन्दै आक्रोश पोखेका छन्। “व्यापार व्यवसाय चलाउन गाह्रो भएको छ, कृषकले मलसमेत ल्याउन पाउँदैनन्, यस्तोमा हामी चुप लाग्न सक्दैनौं,” आन्दोलनमा सहभागी एक स्थानीय व्यापारीले भने।

प्रदर्शनकारीहरूका अनुसार प्रहरीले व्यापारिक सामग्री ओसारपसारमा अनावश्यक हस्तक्षेप गर्दै आएको छ। उनीहरूले सिम्रौनगढ छोटी भंसार कार्यालय यथाशिघ्र पुनःसञ्चालन गरिनुपर्ने माग समेत गरेका छन्। ब्यापारीहरुले बजार पूर्ण रूपमा बन्द गरेका छन भने माग सम्बोधन नभए आन्दोलनको स्वरूप थप चर्काउन सकिने चेतावनी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार