करेन्ट लागेर बृद्वाको मृत्यु

२०८२ श्रावण ३, शनिबार १४:५६
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा करेन्ट लागेर बृद्वाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरी निवासी वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार