सर्लाही — प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत सरकारको निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिनका लागि भारत जाँदैछन्। भ्रमणको मिति तय भएसँगै दुवै देशका अधिकारीहरूले एजेन्डा तय गर्न सक्रियता बढाएका छन्।

प्रधानमन्त्री नियुक्त भएको छोटो समयमै अघिल्ला कार्यकालमा भारत भ्रमणमा जाने परम्परा रहँदै आएको थियो। तर, यसपटक प्रधानमन्त्री ओली करिब १४ महिनापछि भारत जान लागेका हुन्।





