सर्लाही – नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका अधिकृतहरूको बढुवा सिफारिस गरेको हो। गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले रिक्त रहेका ११ एसएसपी पदका लागि ३३ जना एसपीमध्येबाट ११ जनालाई सिफारिस गरेको छ।

एसएसपीमा सिफारिस हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, राजीव बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल छन्।
त्यस्तैगरी, ११ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ। अनिल खड्का, महेश थापा, दीपेन्द्र थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर साह, सुनील मल्ल र दीपक खड्का एसपी सिफारिसमा परेका हुन्।
उता, १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। वसन्त गौतम, पञ्चलाल गोले, होमप्रसाद चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईं, चन्द्र खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनालको नाम उक्त सूचीमा परेको छ।
प्रहरी सेवा ऐनअनुसार, इन्स्पेक्टरदेखि एसपी तहसम्मका अधिकृतहरूको बढुवाका लागि प्रहरी महानिरीक्षक (आईजीपी) अध्यक्ष रहने समितिले निर्णय गर्छ। त्यसैअनुसार बढुवाका सिफारिसहरू प्रक्रिया अनुसार अघि बढाइएको हो।





