मोटरको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ श्रावण ६, मंगलवार १७:४९
सांकेतिक तस्बिर

सर्लाही – रौतहटमा मोटरको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको कटहरिया नगरपालिका-२ जमुनिया बस्ने ५२ वर्षीय मोक्तार देवान रहेका छन्। प्रहरीका अनुसार उनलाई सोही ठाउँस्थित आफ्नै खेतमा सिँचाइ गर्नका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गरूडास्थित ग्राण्डी अस्पतालमा लगिएको थियो। उनको सोहि अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार