सिमेन्ट उद्योगको सामान चोरीको आरोपमा सर्लाहीका एकसहित तीन जना पक्राउ

२०८२ श्रावण ६, मंगलवार २१:०८

सर्लाही – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ हटियास्थित शिवम् सिमेन्टको सामान चोरी गरेको आरोपमा सर्लाहीका एकसहित तिन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाही बसबरिया गाउँपालिका – ३ का २५ वर्षीय सुनिलकुमार यादव, रौतहट गरुडा नगरपालिका-५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेशकुमार यादव रहेका छन्।

उनीहरुले गत असार २ गते उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको पित्तलको बुस चोरी गरेका थिए । हेटौंडा-१५ स्थित सडकबाट उनीहरुलाई चोरीको सामानसहित मंगलबार पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार