सर्लाही – सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–६ सुखनिया टोलका २३ वर्षीय हुलास पासवानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई कटुवा पेस्तोल १ थान सहित पक्राउ परेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।






