मलंगवा – किशोरीलाई बलात्कार गरेको अभियोगमा एक चिकित्सक पक्राउ परेका छन्।
सर्लाहीको बलरा नगरपालिका स्थायी ठेगाना भएका ४१ वर्षीय डा. प्रवीण मिश्रलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका मिश्र महोत्तरीको बर्दिबासमा रहेको डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

पीडित किशोरीले आफूमाथि यौनदुव्र्यवहार भएको जानकारी अभिभावकलाई दिएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरी टोलीले मिश्रलाई पक्राउ गरेको हो। हाल मिश्रमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





