१२ घण्टादेखि सम्पर्कविहीन रहेका शिक्षक मृत फेला

२०८२ श्रावण ९, शुक्रबार २१:५२
file image

सर्लाही – सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, कुशहामा १२ घण्टादेखि सम्पर्कविहीन रहेका एक शिक्षक मृत अवस्थामा फेला परेका छन्। २७ वर्षीय रामकिसुन राय बिहीबार साँझ घरबाट निस्किएपछि बेपत्ता भएका थिए।

परिवारजनले राति अबेरसम्म खोजी गरे तापनि उनी फेला परेनन्। अन्ततः शुक्रबार बिहान करिब साढे ६ बजे स्थानीयवासीले टोलकै कोशी नहरको छेउमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाएको जनाएको छ। डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार मृतक राय स्थानीय विद्यालयमा अध्यापन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार