धनकौलमा मनुस्मारा नदीमा बाँध निर्माण सुरू

२०८२ श्रावण १०, शनिबार ११:४४

सर्लाही – धनकौल गाउँपालिका–३ स्थित ब्रह्मस्थान नजिकैको मनुस्मारा नदीमा बाँध निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। गाउँपालिकाका अध्यक्ष राम आश्रय साहले शुक्रबार विधिवत् पूजा–अर्चना गरी उक्त आयोजनाको उद्घाटन गर्नुभयो।

बाँध निर्माणपछि विशेष गरी हरकठवा, महिनाथपुर र धोबिनिया लगायतका बस्तीका हजारौं किसानहरूलाई सिंचाइको सुविधा सहज हुने अपेक्षा गरिएको छ। विगत केही वर्षदेखि मनुस्मारा नदीमा पर्याप्त पानी रहे पनि संरचित सिंचाइको अभावले कृषकहरू समस्यामा परिरहेका थिए।

अब भने यो बाँधले ती क्षेत्रमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्ने विश्वास लिइएको छ। स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले समुदायमा नयाँ आशा जगाएको छ। गाउँपालिकाले निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार