स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

२०८२ श्रावण १०, शनिबार १५:४९
साङ्केतिक तस्बिर

सर्लाही – सिरहामा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार छन् । शनिबार लहान–३ अस्पताल चोकबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित नगदसहित उनलाई पक्राउ गरेको हो।

बिहान करिब साढे ९ बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुललाई पक्राउ गरेको हो।

पक्राउ परेका राहुललाई आवश्यक कारवाहीका लागि नगदसहित भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार