मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

२०८२ श्रावण ११, आईतवार ०७:४१
सांकेतिक तस्बिर

सर्लाही – बारा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-४ औराहका ८२ वर्षीय प्रेमनारायण भट्ट रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। वीरगन्ज लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाईकल चालक फरार भएका छन। उनको खोजिकार्य र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार