उडानका क्रममा अमेरिकन एयरलाइन्सको विमानमा आगो लाग्यो

२०८२ श्रावण ११, आईतवार १०:३१

जनकपुर – डेनभरबाट मियामीका लागि उडिरहेको अमेरिकन एयरलाइन्सको एउटा विमानमा टेकअफको बेला आकस्मिक आगलागी भएको छ। उडान नम्बर ८८३०२३ रहेको सो विमान बोइङ ७३७ म्याक्स मोडेलको थियो, जसमा १७३ यात्रु र चालक दलका ६ सदस्य सवार थिए।

विमानको ल्यान्डिङ गियर (जहाजको पाङ्ग्रा भाग) मा आगो देखिएपछि तुरुन्तै आवश्यक सतर्कता अपनाउँदै सबै यात्रु र चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले जनाएका छन्।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। हाल घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार