रामनगर – सर्लाहीमा चार दिनदेखि बेपत्ता बृद्व मृत फेला परेका छन्। जिल्लाको रामनगर गाउँपालिका – ३, झण्डा टोलका ६० वर्षीय राम जनम दास आज मृत फेला परेका हुन्।
बिहिवार विहान घाँस काटन जान्छु भनि घरबाट हिडेका उनि आज दिउँसो मृत फेला परेका हुन्। स्थानीयका अनुसार छटौल बैरीयाको सिरिङ्ग नजिकै उखुबारीमा उनको शव फेला परेको हो।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।





